ad ad

खेल


प्रधानमन्त्रीले भने– खेलाडीको रकम निकासा भइसकेको छ, एक हप्तामा आउँछ

प्रधानमन्त्रीले भने– खेलाडीको रकम निकासा भइसकेको छ, एक हप्तामा आउँछ

नेपालखबर
असोज २४, २०८० बुधबार १९:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीको प्रोत्साहनका लागि दिने रकम निकासाबारे मन्त्रिपरिषद्‌बाट निर्णय भएको जानकारी दिएका छन्। 

१९औं एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरूलाई बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त रकम एक हप्ताभित्र अर्थबाट आउने बताएका छन्। 

‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए,’ उनले भने, ‘नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’

नेपालका खेलाडीहरूले विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गरेर अघि बढ्ने बताए। 

‘तपाईंहरुको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।’

कबड्डी र करातेमा पदक विजेताहरूलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका थिए। 

‘मैले जाँदा महिला सहभागिताका लागि बधाई दिएको थिएँ। अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो। तपाईंहरूलाई बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .