ad ad

खेल


साम्बाको ह्याट्रिक मद्दतमा गोकुलमको सहज जित

साम्बाको ह्याट्रिक मद्दतमा गोकुलमको सहज जित

नेपालखबर
माघ १४, २०७६ मंगलबार ८:३२,

राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिकसहित ५ गोल गरेपछि भारतीय महिला लिगमा गोकुलम केरला एफसीले केन्क्रे एफसीलाई १०–१ को फराकिलो अन्तरले पराजित गरेको छ।

बैंगलुरु स्टेडियममा मंगलबार भएको खेलमा नेपाली गोलमेसिनका रुपमा चर्चित साम्बाले ५ गोल गरेकी हुन्। खेलको सातौँ र १९औं मिनेटमा गोल गरेकी सावित्राले पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गरिन्। एकपक्षीय खेलको दोस्रो हाफमा साम्बाले ४८औँ तथा ६१औं मिनेटमा गोल गर्दै आप्mनो गोल सख्यां ५ पुर्‍याएकी हुन्।

गोकुलमले केन्क्रे एफसीविरुद्ध खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो। सावित्रा भण्डारीको प्रहार केन्क्रेको गोलरक्षकले फर्काएको बललाई करिश्माले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। 

साम्बा खेलकाे प्लेयर अफ द म्याचसमेत बनेकी छिन्। 

मनिषाले खेलको २०औं मिनेटमा तथा ग्रेसले ३१औं मिनेटमा गोल गरिन्। करिश्माले १८ र ५२औँ मिनेटमा गोल गरिन्।

खेलको ३५औं मिनेटमा केन्क्रेले सान्त्वना गोल फर्काएको थियो।

गोकुलमले लिगको पहिलो खेलमा श्रीभूमिलाई १–० ले पराजित गरेको थियो। खेलको ६७औं मिनेटमा निर्णायक गोल सावित्राले नै गरेकी थिइन्।

लिगमा आजै राष्ट्रिय टोलीकी अर्की सदस्य अनिता बस्नेत सम्मिलित सेथु एफसीले कृप्सा एफसीसँग प्रतिस्पर्धा गर्दै छ। कर्नाटक स्टेडियममा मगंलबार सवा ३ बजे हुने खेलमा सेथु ३ अंकका लागि मैदान उत्रने जनाएको छ।

पहिलो खेलमा सेथुले कोहलपुर एफसीलाई ५–० ले हराउँदै विजयी सुरुवात गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .