नयाँ प्रशिक्षक क्युकी सेटिनले बार्सिलोनामा पहिलो हार चाखेका छन्।
बार्सिलोनालाई स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियाले उसकैको मैदानमा २००७ पछि पहिलो पटक पराजित गरेको हो।
भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंग्गिए पनि दोस्रो हाफमा घरेलु टोलीले म्याक्सी गोमेजको गोलबाट अग्रता लिएको थियो। यस्तै ७७ औं मिनेटमा म्याक्सीले नै दोस्रो गोल गरे।
प्रशिक्षक सम्हालेपछिको पहिलो खेलमा सेटिन्सले कोपा डेल रेमा इब्जामाथि जित निकाल्दै बार्सिलोनाको यात्रा थालेका थिए।
बार्सिलोनाका लागि लियोनल मेस्सीसँग मिलेर अंशु फातीले गरेको प्रहार बाहिरिएको थियो। यस्तै मेस्सीका पटक पटकका प्रयासमा पनि टार्गेटमा लाग्न सकेनन्।
हारपछि पनि बार्सिलोना ४३ अंकका साथ शीर्ष स्थानमा कायमै छ। त्यतिनै अंक भएको रियल मड्रिड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। भ्यालेन्सिया ३४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ।
प्रतिक्रिया