ad ad

खेल


यूएईले नेपाललाई दियो ११८ रनको सामान्य लक्ष्य

यूएईले नेपाललाई दियो ११८ रनको सामान्य लक्ष्य

तस्बिर: सरोज नेपाल


नेपालखबर
बैशाख १९, २०८० मंगलबार ९:२८, काठमाडौँ

एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा यूएईले घरेलु टोली नेपाललाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपुालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो।

ललित राजवंशीले ३४औं ओभरको पहिलो बलमा जुनैद सिद्दिकीलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै यूएईलाई अलआउट गरे। सिद्दिकी १० रनमा क्याच आउट भए। कार्तिक मैयाप्पन १ रनमा नटआउट रहे। 

२७.३ ओभरमा यूएई ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि लगातार वर्षाका कारण खेल हुन नसकेपछि आजका लागि सारिएको हो। 

माैसमविद्का अनुसार काठमाडौँमा आज पनि वर्षाको सम्भावना छ। आजको खेलमा पनि वर्षा बाधक बने सुपर ओभरबाट निर्णय लिन प्रयास गरिनेछ। सुपर ओभर पनि हुन नसके आईसीसी ओडीआई वरीयताका आधारमा नेपाल एसिया कपमा पुग्नेछ। 

यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले ४ विकेट लिए। ललितले ७.१ ओभरमा २ मेडन राख्दै मात्र १४ रन खर्चे। 

करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा २ मेडन राख्दै ३४ रन दिए। करणले ७ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे। सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे। 

ललितले २७.२ ओभरमा आशिफ खान र २७.३ ओभरमा जहुर खानलाई आउट गराउँदै ह्याट्रिक नजिक पुगेर भुके। ५४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४६ रन बनाउँदै आशिफ खान ललितको बलमा आरिफ शेखबाट आउट भए। सन्दीपले आयान अफ्जल खानलाई ५ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई सातौं सफलता दिलाएका हुन्। 

त्यसअघि गुलसन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाइ छैटौँ सफलता दिलाए।  गुलसनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरे। 

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए। 

८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए। सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। 

यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाए। आर्यन लाक्राले १३ र कप्तान तथा ओपनर मुहम्मद वसिमले ११ थपे। बसिल अहमदर र जुनैद सिद्दिकीले समान १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .