ad ad

खेल


सात मिनेटमै २ गोल खाएपछि खेलाडीको मोरल डाउन भयो : मुख्य प्रशिक्षक थापा

सात मिनेटमै २ गोल खाएपछि खेलाडीको मोरल डाउन भयो : मुख्य प्रशिक्षक थापा

नेपालखबर
चैत २५, २०७९ शनिबार २०:४५, काठमाडौँ

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाल र भियतनामबीचको खेलको पहिलो सात मिनेटमै २ गोल खाएपछि खेलाडीको मोरल डाउन भएको टिप्पणी गरेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलबारे टिप्पणी गर्दै मुख्य प्रशिक्षक थापाले दोस्रो हाफमा भने रणनीति परिवर्तन गर्दा खेल राम्रो भएको बताए। 

‘सात मिनेटमा नै दुई गोल खाएपछि खेलाडीको मोरल डाउन भयो, पछि रणनिति परिवर्तन गर्दा राम्रो खेल खेल्न सक्यौं,’ थापाले भने, ‘विश्वकप खेल्ने टोलीसँग खेलिरहेका थियौं। टोलीको प्रर्दशन राम्रो थियो। भारतसँगको दुई मैत्रीपुर्ण खेल बराबरीमा रोक्दा मनोबल बढेको थियो।’

भियतनामसँगको लाइभ गेम हेर्न नपाउँदा समस्या भएको पनि उनले बताए। साथै, अन्तर्राष्ट्रिय एक्स्पोजरको आवश्यक्ता रहेको पनि उनले बताए। 

‘इन्टरनेसन एक्पोजरको आवश्यक्ता छ। ठूला टोलीसँग खेल्न पायौं भने राम्रो हुन्छ। मिडियाले राम्रो सहयोग गरिदिन पर्यो,’ थापाले भने, ‘बेन्चमा पुराना र अनुभवी खेलाडी छन्, तर विपक्षी टिम र खेलको अवस्था हेरेर परिवर्तन गर्ने हो। टोलीको अवस्था कस्तो छ भनेर हेर्ने हो।’

खेलमा उनले अनुशासनको अलिक कमि देखिएको पनि बताए। ‘हामीले रोक्न सक्ने गोल रोक्न सकेनौं। अनुशासनको अलिकती कमी देखियो,’ थापाले भने। 

आजको खेलको दोस्रो हाफमा नेपालले राम्रो चान्स पाएको पनि उनले बताए। 

छटोलीको कमजोरी भनेको पछाडीको साइडमा छ। सावित्रासँग पोटेन्सियल छ, विश्वकप खेल्ने टोलीका डिफेन्डरलाई पछि पारि राखेको छ,’ थापाले भने, ‘सावित्रालाई एक्लै खेलाउनु पनि हाम्रो रणनितिमा अन्तर्गत नै पर्छ। सावित्राले राम्रो मौका पाएकी थिईन् तर गोलरक्षकले बचाइन््।’

नेपालको मिडफिल्डमा निकै सुधार भएको उनले बताए। 

‘मलाई दिएको जिम्मेवारी पुरा गर्ने हो। पछिको बारेमा केही थाहा छैन। महिला टोलीको ४ खेल सम्हालेका प्रशिक्षक थापाले आफुलाई दिएको मौकाको लागि धन्यवाद भने,’ उनले भने, ‘गिता राना नहुँदा पनि टोलीले राम्रो खेलेको छ। उनी फर्केपछि अझ राम्रो हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .