त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएकाे खेलमा रुस्लान थ्री स्टारलाई हराएकाे छ।
आज सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्समा भएकाे खेलमा आर्मीले थ्रिस्टारलाइ २-० ले पराजित गरेको हाे।
नवयुग श्रेष्ठ र सन्तोष तामाङले दोस्रो हाफमा गाेल गरेपछि आर्मीले ३ अंक बटुल्न सफल भएकाे हाे। लिगमा तेस्रो जितसँगै आर्मीकाे ९ अंक भएकाे छ भने थ्री स्टारको ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अंक रहेको छ। दुवै गाेल दाेस्राे हाफमा भएकाे हाे।
3
Shares
प्रतिक्रिया