साउदी अरबमा आयोजित फाइनलमा लाजियो क्लबसँग युभेन्ट्स ३–१ ले पराजित भयो। पराजयपछि स्टार क्रिस्टियानो रोनाल्डो निकै निराश देखिन्थे।
मेडल ग्रहण गर्ने क्रममा क्रिस्टियानोले जे व्यवहार देखाए। त्यो एक खेल प्रेमीको लागि आश्चर्यको विषय बन्यो।
लाजियोले उपाधि उचाल्दै गर्दा क्रिस्टियानो रोनाल्डोले दोस्रो स्थानका लागि पाएको मेडल ग्रहण त गरे तर उनले उक्त मेडल ग्रहण गरेको एक सेकेन्डमै आफ्नो गलाबाट निकाले।
यस विषयमा विभिन्न किसिमका चर्चा यतिबेला सुरुवात भएका छन्। केहीले रोनाल्डोको आलोचना गरेका छन्। केहीले रोनाल्डोको बचाउ गरेका छन्।
उक्त घटनाको भिडियो समेत सार्वजनिक भएको छ। जुन यतिबेला निकै भाइरल बनेको छ।
रोनाल्डोले देखाएको व्यवहार खेलाडीको अनुशासन भन्दा बाहिरको भएको केहीले बताइरहेका छन्।
केहीले रोनाल्डो जहिल्यै उपाधि दाबेदार भएकाले उनले दोस्रो स्थानको लागि पाएको मेडललाई स्वीकार नगरेको बताइरहेका छन्। एजेन्सी
(भिडियो)
— Football on BT Sport (@btsportfootball) December 22, 2019"Ronaldo's not one for silver medals, is he?" ?
CR7 was not having it. Straight off. pic.twitter.com/oy81C82xQO
प्रतिक्रिया