ad ad

खेल


नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु

नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १३:३०,

आज पोखरा रंगशालामा प्यारापिट सबै भरिभराउ थियो। दिउँसो १ः०० बजेदेखि पोखरा रंगशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो। खेल सुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए। खेल सुरु भयो। भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो। भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो।

आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफि प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे। खेल मैदानमा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन राखेप सदस्यलगायतका पदाधिकारीको उपस्थिति थियो। मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे।

मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक रहेका मन्त्री पुनले खेलाडीको अनुहारभरी पराजितको पीडा देखेपछि आफूलाई रोक्न सकेनन्। आँखाभरी आँशु पार्दै उनले नेपाली खेलाडीलाई मेडल वितरण गरे।

मन्त्री पुनले रासससँग छोटो कुराकारानीमा आँखाको आँशु पुछ्दै भने, ‘नेपाली खेलाडी छोरीहरु निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन उनीहरुको अनुहारमा पराजित हुनुपरेको पीडाले मलाई निकै भावुक बनायो, छोरीहरु निराश हुँदा मेरो आँखामा आँशु रोकिएन।’ उनले आँशु पु्छ्दै फेरि भने, ‘नेपाली छोरीहरुको अनुहारमा पराजित हुँदाको पीडाले मैले आँशु थाम्न सकिन।’ उनले नेपाली खेलकूदमा लगानीको खाँचो रहेको औँल्याए।

मन्त्री पुनले भने, ‘नेपाली महिला फुटबल खेलाडीको उत्साहले मलाई निकै गर्व लागेको छ।’ आउने दिनमा उनीहरुलाई हामीले लगानी गर्न सके अन्तर्राष्ट्रिय जगतमा उनीहरुबाट नेपालको नाम थप उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको उनको प्रतिक्रिया थियो । उनले हारजित स्वभाविक हुने भन्दै सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएको र भारतको टोलीलाई जित्न सफल भएकामा बधाई दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .