भुटानका प्रधानमन्त्री लोटे छिरिङले दक्षिण एशियाली खेलकुद(साग)मा भुटानी फुटबल टोलीले अपेक्षा गरेको भन्दा राम्रो प्रदर्शन गरेको बताएका छन्।
छिरिङले आफ्नो फेसबुक पेजमा अन्डरडग टोलीको यो सफलता हाम्रो अपेक्षा भन्दा धेरै भएको बताए।
'एउटा अन्डरडगको रुपमा यो समाचारमा हाम्रो अपेक्षालाई यसले जितेको छ। हाम्रो केटाहरु सागको फाइनलमा पुगेका छन्। हामीले नयाँ युग देखिरहेका छौ, आशा पुनर्जिवित भएको छ ' लोटेले लेखेका छन्, 'हाम्रो केटा, प्रशिक्षक र व्यवस्थापन र हाम्रो टिमलाई चियर्स गर्ने सबैलाई तासी देलेक र फाइनलमा पनि तिमीहरुको सबै शक्ति र स्टामिना सबै लाग्ने छ। मेरो शुमकामना।'
काठमाडौंमा जारी सागको फुटबलमा भुटानले इतिहास निर्माण गर्दै पहिलो पटक फाइनलमा पुगेको हो। बंगलादेश, श्रीलंका र माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। लिगमा भुटान नेपालसँग ४-० ले पराजित भएको थियो ।
आइतबार साँझ नेपाल र बंगलादेशबीच हुने लिग चरणको अन्तिम खेलमा हुँदैछ। नेपाल र बंगलादेश विजेताले सागको समापनको दिन आयोजना हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
Shares
प्रतिक्रिया