प्राकृतिक र भौगोलिक रुपमा धनी नेपाल साहसिक खेलको उद्गम थलो मानिन्छ।
लोकप्रिय र विश्व चर्चित बन्जीजम्प, र्यार्फ्टिङ, प्याराग्लाइडिङ, हात्ती पोलो आदि नेपालमा खेलिने साहसिक खेल हुन्।
प्याराग्लाइडिङका लागि विश्वका शिर्ष पाँच देशमध्ये नेपाल पनि एक हो। साहसिक पर्यटनका लागी बिकास हुँदै गरेको नयाँ र आकर्षक प्याकेज हो प्याराग्लाइडिङ।
प्याराग्लाइडिङको व्यावसायिक सम्भावना रहेपनी दक्ष जनशक्ति पाइलट र गन्तव्य सम्म पुग्ने पुर्वाधार बिकाश भने अभाव छ। खट्किदै गएको पर्यटन बिकासमा टेवा पुर्याउने प्याराग्लाइडिङको ४ दिने साहसिक पाइलट कोर्स गत वर्षहरुमा झैं यो वर्ष पनि पोखरामा सुरु भएको छ।
नेपालका लागि साहसिक हवाइ खेल प्याराग्लाइडिङको साहसिक तालिमको एउटै मात्र प्रशिक्षण केन्द्र हो पश्चिम् नेपाल गन्डक प्रदेशको सुन्दर नगरी पोखरा।
पोखरामा संचालित साहसिक हवाई खेल प्याराग्लाइडिङको चर्चित प्रशिक्षण स्कुलको परिचय बनाएको ब्लु स्काई प्याराग्लाइडिङ स्कुलले एसआइभी कोर्स संचालन गरेको छ।
सिकारु प्रशिक्षार्थीहरुलाइ उडान अवतरणको स्तर उन्नति अभिवृद्धि गर्दै उडिरहेको अवस्थामा ग्लाइडर अनियंत्रित भइ, आपत बिपत र उच्च जोखिम भएमा ग्लाइडरलाइ संतुलन गराउन सक्ने क्षमता वृद्धि गराउने, आकाशमा उड्दा उड्दै गरिने साहसिक तालीमलाई प्याराग्लाइडिङको एसआइभी कोर्सको रूपमा बुझिन्छ।
ब्लु स्काई फ्लाईङ स्कुलका प्रशिक्षक दामोदर पराजुली,एलिश थापा र सहायक प्रशिक्षक बुद्धि सागर पराजुली राष्ट्रिय अन्तर्राष्ट्रिय स्थरमा चिरपरिचित प्रशिक्षक हुन्।
प्रतिक्रिया