ad ad

समाज


यस्तो छ आजको मौसम, कहाँको तापक्रम कति?

यस्तो छ आजको मौसम, कहाँको तापक्रम कति?

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ३:५०,

आज (आइतबार) मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र देशका बाँकी स्थानमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिनभर र राति पनि मौसमको अवस्था यस्तै रहने अनुमान गरिएको छ।

मौसमविद्का अनुसार तराई क्षेत्रमा बिहान हुस्सु/कुहिरो देखिए पनि घाम लागेसँगै त्यो बिस्तारै हटेर जानेछ।

पश्चिम तराईका थोरै स्थानमा बिहानीपख बाक्लो कुहिरो, मध्य तराईमा पातलो कुहिरो र पूर्वी तराईमा बाक्लो कुहिरो देखिएको महाशाखाले जनाएको छ। तर मध्याह्नपछि कुहिरो हटेर जाने महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले पश्चिम तराईअन्तर्गत कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपुर, मध्य तराईअन्तर्गत चितवन, पर्सा, बारा, रूपन्देही, सर्लाही, ससर्लाही, धनुषा, परासी तथा पूर्वी तराईअन्तर्गत महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापालाई राखेको छ।
तापक्रम
आज बिहान पौने ९ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको मौसमविद्ले बताएका छन्।

काठमाडौंकाे न्यूनतम तापक्रम घटबढ भइरहन्छ। एक/दुई दिनअघि यस वर्षकै कम ४.६ डिग्रीसम्म झरेको थियो।

यस्तै आइतबार बिहान साढे ७ बजे लिइएको मापनअनुसार धनगढीको ९.०, नेपालगन्जको ११, भैरहवाकाे १२, सिमराकाे १३, जनकपुरकाे १२ र विराटनगरको तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .