ad ad

खेल


यस्तो छ साग उद्घाटनको कार्यक्रम सूची

यस्तो छ साग उद्घाटनको कार्यक्रम सूची

नेपालखबर
मंसिर १५, २०७६ आइतबार १०:५३,

२०७२ को भूकम्पपछि पहिलोपटक सञ्चालनमा आउन लागेको दशरथ रंगशालामा आयोजना हुन लागेको कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन्।

साग समारोह समितिका निर्देशक कुलबहादुर थापाका अनुसार उद्घाटन समारोह ३ घण्टासम्म चल्नेछ।

उद्घाटन समारोहको पहिलो घण्टामा अन्तर्राष्ट्रिय परम्परा अनुसार देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, झण्डोत्तोलन गर्ने, सपथ ग्रहण गर्ने, स्वागत मन्तव्य राख्ने तथा राष्ट्रपतिद्वारा उद्घाटन तथा सम्बोधनको कार्यक्रम राखिएको छ।

यसपटक दीप प्रज्वलन सागमा लगातार चारपटक स्वर्ण जितेका कीर्तिमानी खेलाडी दीपक विष्टले गर्नेछन्। यस्तै दीपककी धर्मपत्नी समेत रहेकी सागकी अर्की स्वर्णधारी आयशा शाक्यले खेलाडीका तर्फबाट सपथ लिने कार्यक्रम तय भएको थापाले बताए।

त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन्। सन् २०१६ को रियो ओलम्पिकको ब्याडमिन्टनमा समेत उनले लाइन जजको भूमिका निर्वाह गरिसकेका छन्।

त्यसपछिको बाँकी समयमा मार्चपास तथा कला संस्कृतिको प्रदर्शनी हुनेछ। मार्चपासमा खेलाडी, अफिसियल, पदाधिकारी, प्रतिनिधिहरु सहभागी हुनेछन्। मार्चपासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने छन्।

उद्घाटनका कार्यक्रम सूची यस्ता छन्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .