पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई पराजित गरेको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले लियोनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
पीएसजीको जितमा नेयमार र मोउरो इकार्डीले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङगीएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो।
खेलको ५४औँ मिनेटमा लियोनका लुकास पाक्वेटाको गोलबाट अग्रता लिएको थियो। उनले कार्ल टोको इकाम्वीको पासमा गोल गरेका थिए।
पीएसजीले १–० ले पछि परेको स्थिति उल्टाउँदै पुनरागमन जित निकालेको हो। खेलको ६६औं मिनेटमा पीएसजी पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किएको थियो।
नेयमारले ६६औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको जित पक्का गरे। उनले केलियन एम्बाप्पेको गोलमा गोल गरेका थिए।
जितसँगै पीएसजीको १८ अंकमा शीर्ष स्थानमा छ। एक खेल कम खेलेको मार्सेलेको १३ अंकमा दोस्रो स्थानमा छ। पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ।
Shares
प्रतिक्रिया