नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित भएका छन्।
क्रिकेटमार्फत नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सन्दीपलाई श्रीलुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शनिबार ‘नेपाल नवप्रतिभा सम्मान’द्वारा सम्मानित गरेको हो।
सन्दीप हाल द हन्ड्रेड प्रतियोगिता खेल्नका लागि इंग्ल्यान्डमा छन्।
सामाजिक सञ्जालमार्फत सन्दीपले लेखेका छन्, ‘यहाँहरुको स्नेह, साथ एवं सम्मान ले अझ जिम्मेवारी थपिदै गएको अनुभव गरेको छु, साथै देशका निम्ति अझ सशक्त रुपमा आफ्नो खेल कौशलतामा केन्द्रित हुने हौसला प्रदान भएको छ अनि अझ ऊर्जाशील बन्न प्रेरित गरेको छ। नेपाल नवप्रतिभा सम्मानद्वारा मलाई सम्मानित गर्नुभएकोमा श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धेरै धेरै धन्यवाद!’
Shares
प्रतिक्रिया