वुमुन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ।
चितवनले त्रिवि क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा क्याट क्विन काठमाडौंलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
काठमाडौंले दिएको ९२ रनको लक्ष्य चितवनले ९ बल बाँकी रहँदा ५ विकेट गुमाएर भेटाएको थियो।
काठमाडौंलाई ओपनर रोशनी शर्मा चौलागाईले राम्रो सुरुवात दिलाएपछि मध्यक्रमले भने साथ दिन सकेन्। रोशनीलेले २५ बलमा ७ चौकासहित ३४ रन जोडिन। यस्तै काठमाडौंकी सरस्वती चौधरीले १५ बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
अर्की ओपनर शोभा आले ९, अप्सरी बेगम ६, रोमा थापाले ९, रुविना क्षेत्री र संगिता राईले समान १–१ रनमात्रै जोडे। यस्तै ममता थापाले ७ तथा र्इश्वरी विष्टले एक रनमात्रै जोडिन्।
बलिङतर्फ सन्तोषी चौधरीले ३ विकेट लिइन। उनले ४ ओभर बलिङ गर्दै १४ रनमात्रै खर्चिइन। यस्तै रेखा रावल र कविता गौतमले समान २–२ र रितु कनौजियाले एक विकेट लिइन्।
जवाफी ब्याटिङमा चितवन राइनोजले १८।३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन्। २३ बलको सामना गरेकी उनले ४ चौका परिन्। यस्तै प्यारी चौधरीले २४, रितु कनौजियाले १३ तथा काजोल श्रेष्ठले ११ रन जोडिन्।
प्रतियोगितामा बिहीबार बिहान काठमाडौं र पोखरा पल्टन तथा दिउँसो ललितपुर फल्कोन्स र विराटनगर टाइटन्सबीच खेल हुनेछ।
प्रतिक्रिया