राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज बिहीबार इंग्ल्यान्ड जाँदै छन्।
दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेड प्रतियोगिता खेल्न सन्दीप आज राति ११ बजे टर्किस एयरलाइन्समार्फत त्यसतर्फ जान लागेका हुन्।
इंग्ल्यान्ड पुगेपछि सन्दीप १० दिन क्वारेन्टिनमा बस्नेछन्। क्वारेन्टिन बसाइमा २ पटक कोरोना परीक्षण गरेपछि सन्दीप टिममा सहभागी हुनेछन्।
द हन्ड्रेन्ड मा सन्दीप ओभल इन्भिनसिभलसबाट खेल्नेछन्।
द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म हुनेछ। आठ टोली सहभागी प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा हुनेछ।
सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओर्जिनल्ससँग खेल्नेछ ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको द हन्ड्रेड क्रिकेट पहिलो पटक हुन लागेको हो।
गत वर्षका लागि तय प्रतियोगिता कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको थियो।
द हन्ड्रेडमा झण्डै १ करोड ५० लाख नेपाली रुपैयाँ बराबर पारिश्रमिक पाउनेछन्। जुन अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक हो।
यसअघि गत महिना भिसा ढिला आउँदा सन्दीपले टि ट्वान्टी ब्लास्ट गुमाएका थिए।
Shares
प्रतिक्रिया