ad ad

राजनीति


एमाले कार्यदल सदस्य विष्ट भन्छन् : समाधान खोज्न अब धेरै समय लाग्दैन

एमाले कार्यदल सदस्य विष्ट भन्छन् : समाधान खोज्न अब धेरै समय लाग्दैन

नेपालखबर
असार २४, २०७८ बिहिबार १३:४२,

नेकपा एमालेभित्रको विवाद समधान गर्नका लागि गठित कार्यदलका सदस्य गोकर्ण विष्टले आफूहरु समाधानको विन्दुमा पुगेको बताएका छन्।

सिंहदरबारमा बसेको कार्यदल बैठकपछि उनले हिजोभन्दा आज प्रगति भएको बताए। 

कार्यदलले औपचारिकरुपमा छलफल गरेका विषय र अनौपचारिकरुपमा गरेका छलफलका विषयमा छलफल भएको र समधान नजिक पुगिएको उनको भनाई छ।

लगभग लगभग हामी समाधानको विन्दुमा आएका छौं। हरेक दिन वैठकमा प्रगति भएको छ। आज बेलुका धेरैहदसम्म समाधान खोज्छौं', उनले भने 'म आशावादी छु अब धेरै समय लाग्दैन।'

यस अघि हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच छलफल भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .