ad ad

समाज


विज्ञ भन्छन्ः एउटा त्यस्तो सस्तो औषधि, जसबाट कोरोनाका गम्भीर बिरामी बचाउन सकिन्छ

विज्ञ भन्छन्ः एउटा त्यस्तो सस्तो औषधि, जसबाट कोरोनाका गम्भीर बिरामी बचाउन सकिन्छ

नेपालखबर
असार २, २०७७ मंगलबार १५:२८,

कोरोनाबाट सिकिस्त बिरामी बचाउन सक्ने सस्तो र सर्वत्र पाइने औषधि पत्ता लागेको बेलायतका वैज्ञानिकले दाबी गरेका छन्।

उनीहरूका अनुसार त्यो औषधिको नाम डेक्सामेथासोन हाे। जुन सन् १९६० को दशकदेखि नै दम, जोर्नी दुख्नेलगायत बिरामीका लागि प्रयोग भइरहेकाे छ।

परीक्षणका क्रममा यसले भेन्टिलेटरमा राख्नुपर्ने काेराेनाका बिरामीमध्ये  एक तिहाइ र अक्सिजन दिनुपर्ने  पाँचमध्ये एक जनाकाे ज्यान जाेगाउन सकिने देखिएकाे बेलायती विज्ञकाे भनाइ छ। 

यो औषधि बेलायतमा सुरुदेखि नै प्रयाेग गरिएकाे भए ५ हजारजति मानिसको ज्यान जाेगाउन सक्ने देखिएकाे अनुसन्धानकर्ताले दाबी गरेका छन्।

याे औषधी सस्ताे र सुलभ भएकाले कोभिड-१९ का बिरामी धेरै भएका गरिब मुलुकलाई यसले निकै राहत पुग्ने उनीहरुकाे भनाइ छ। 

अहिलेसम्मको अध्ययनअनुसार कोरोनाबाट संक्रमितमध्ये  २० मध्ये १९ जना याे औषधिले गर्दा अस्पताल नगई निको भएका छन्। उच्च जोखिमका बिरामीलाई डेक्सामेथासोन  औषधि काम गरेको पाइएकाे हाे। 

अक्सफोर्ड विश्वविद्यालयको टोलीले गरेको परीक्षण क्रममा अस्पतालमा भर्ना गरिएका २ हजार बिरामीलाई डेक्सामेथासोन दिएर अरु ४ हजारभन्दा बढी बिरामीसँग तुलना गरिएको थियो। त्यस क्रममा भेन्टिलेटरमा भएका बिरामीलाई याे औषधिले ४० प्रतिशतदेखि २८ प्रतिशतसम्म मृत्युको जोखिम घटाएकाे र अक्सिजन लिएका बिरामीलाई २५ प्रतिशतदेखि २० प्रतिशतसम्म मृत्युकाे जोखिम कम गरेको पाइएकाे छ। 

मुख्य अनुसन्धानकर्ता प्रोफेसर पिटर हर्बीले भने, ‘अहिलेसम्म मृत्युदर कम गरेको देखाएको यो मात्र एउटा औषधि हो। जसले उल्लेख्य मात्रामा मृत्युकाे जाेखिम कम गरेको देखियो। यो ठूलो उपलब्धि हो।’

अर्का मुख्य अनुसन्धाता प्रोफेसन मार्टिन ल्यान्ड्रीले सो औषधिका कारण भेन्टिलेटरमा उपचाररत ८ जनामध्ये एक जनाको ज्यान बचाउन सकिएको जानकारी दिए। 

‘यसले एकदम प्रस्ट उपलब्धि देखिएको छ। यो उपचारका लागि १० दिन लाग्छ र प्रतिबिरामी ५ पाउन्ड लाग्छ। यस हिसाबले एक जनाको ज्यान बचाउन ३५ पाउन्ड खर्च हुन्छ र यो औषधि विश्वभर उपलब्ध छ,’ उनले भने।

ल्यान्ड्रीले अस्पतालमा भर्ना भएका बिरामीलाई उपयुक्त रुपमा यो औषधि तत्काल दिँदा हुन्छ तर बिरामी आफैँले किनेर घर लगेर प्रयोग गर्न चाहिँ हुँदैन।

अर्काे कुरा यो औषधिले सामान्य (माइल्ड) लक्षण देखिएका बिरामीलाई भने काम गर्दैन। श्वासप्रश्वासमै समस्या देखिएकामा मात्र यसले राम्रो काम गर्छ।

विश्वभरि नै उपलब्ध हुन सक्ने औषधि भएको हुँदा यो निकै खुसीकाे खबर भएकाे विज्ञको भनाइ छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .