ad ad

समाज


सफल भयो कोरोनाविरुद्धको परीक्षण खोप, सोचेभन्दा राम्रो काम गरेको दाबी

सफल भयो कोरोनाविरुद्धको परीक्षण खोप, सोचेभन्दा राम्रो काम गरेको दाबी

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १:५९,

अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको छ।

नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यो खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन्।

एमआरएनए-१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी दिएको हो।

उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ।

पहिलो चरणमा ८ स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सार्वजनिक गर्दै मोडर्नाले भनेको छ, ‘८ स्वस्थ स्वयंसेवीमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनाका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’

मोडर्नाका अनुसार गत मार्चमा परीक्षण सुरु गरिएकाे याे खाेप ती ८ मानिसमा दुईपटक लगाइएको थियाे र त्यसले रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको पाइयाे। त्याे एन्टिबडी प्रयोगशालामा परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको कम्पनीले जनाएकाे छ।  

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन्।

तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन्। आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकरी दिएका छन्।

दोस्रो चरणको परीक्षण खाेप कम्पनीले छिट्टै गरिने कम्पनीले जानकारी दिएकाे छ। दोस्रो चरणमा ६ सय जनालाई खाेप लगाइनेछ। त्यसपछि जुलाइमा तेस्रो चरणको परीक्षण खाेप हजार जना स्वस्थ व्यक्तिलाई लगाइने उत्पादक कम्पनीले जनाएकाे छ।

यो खोप परीक्षणमा सहभागी नभएका खोप विज्ञले समेत यसलाई ठूलो उपलब्धि भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .