ad ad

छापा खबर


कोरोना संक्रमित नर्सले हेरचाह गरेका सुत्केरी भेटिएपछि बिपी स्वास्थ्य प्रतिष्ठानको प्रसूति विभाग सिल

कोरोना संक्रमित नर्सले हेरचाह गरेका सुत्केरी भेटिएपछि बिपी स्वास्थ्य प्रतिष्ठानको प्रसूति विभाग सिल

नेपालखबर
जेठ ६, २०७७ मंगलबार २:१०,

कोरोना संक्रमण पुष्टि भएकी धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक नर्सले हेरचाह गरेका सुत्केरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेटिएपछि प्रसूति विभाग सिल गरिएको छ।

जिल्ला अस्पतालले ६ जनाभन्दा बढी महिलालाई प्रतिष्ठानमा पठाएको बताइएको छ । अन्य उपचारपछि घर गए पनि हाल दुईजना भने प्रतिष्ठानको प्रसूति विभागमा उपचार गराइरहेका खबर आजको नयाँ पत्रिका दैनिकमा धरानबाट देवेन्द्र कार्कीले लेखेका छन्।

प्रतिष्ठान स्रोतका अनुसार दुई साताअघि धनकुटा अस्पतालमा सुत्केरी गराइएकी एक महिला घाउ पाकेर प्रतिष्ठानमा पाँच दिनदेखि डे«सिङ गराउँदै आएकी छन् । उनलाई संक्रमणको आंशकामा सोमबार नै आइसोलेसन वार्डमा सारिएको छ । तिनै बिरामीलाई बोकेर आइसोलेसन वार्डमा लगिएपछि प्रतिष्ठानमा तनाव भएको थियो।

प्रसूति विभागमा सेक्युरिटी गार्डहरूको बाक्लो उपस्थिति छ । ६० जनाभन्दा बढी बिरामी उपचार गराउँदै गरेको प्रसूति विभागको वार्ड पूरै सिल गरिएको छ।

धनकुटा अस्पतालले रेफर गरेको बिरामीका विषयमा जानकारी गराएपछि प्रतिष्ठानको प्रसूति विभागको सेवा बन्द गरिएको छ । दुई दिनका लागि प्रसूति विभाग नयाँ बिरामी भर्ना बन्द गरिएको प्रसूति विभागका विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .