बर्दियामा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ भने सोही नगरपालिका–११ बान्धुपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ।
टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर चार वर्षीया बालिका दीक्षा यादवको मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएकी २१ वर्षीया अस्मिन गद्दीको उपचारका क्रममा मृत्यु भएको बर्दिया जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
18
Shares
प्रतिक्रिया