ad ad

समाज


बेलबारीमा टिपरले ठक्कर दिँदा ३ जनाको मृत्यु ,२ जना घाइते

बेलबारीमा टिपरले ठक्कर दिँदा ३ जनाको मृत्यु ,२ जना घाइते

नेपालखबर
फागुन १८, २०८० शुक्रबार ९:५२, काठमाडौँ

मोरङको बेलबारीमा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटना दुईजना घाइते भएका छन्। 

बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान टिपरले ठक्कर तीन जनाको ज्यान गएको हो। 

दुर्घटना झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो।

पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।

सुमाेलाइ ठक्कर दिएपछि टिपरले प्रदेश ३ क ००१ ख २७१८ नम्बरको बसमासमेत ठक्कर दिएकाे थियो। सुमाेमा ५ जना सबार थिए। घाइते दुई जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .