ad ad

समाज


वैदेशिक रोजगारीमा ठगिएका तनहुँका १९ जनाले फिर्ता पाए रकम

वैदेशिक रोजगारीमा ठगिएका तनहुँका १९ जनाले फिर्ता पाए रकम

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८० सोमबार ५:३५, तनहुँ

सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ। 

आर्थिक वर्ष २०७९.८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो।  ३३ लाख ८० हजार रुपैयाँ रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिए।

त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एका दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए।  

सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ पाँच लाख रूपैयाँ क्षतिपूर्तिबापतका रूपमा उपलब्ध गराइएको छ। वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ।

मृतकका परिवारलाई दुई करोड ९१ लाख चौरासी हजार दुई सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ। 

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले रु ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन्।’

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी एक लाखदेखि सात लाख रुपैयाँसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताए। 

‘उक्त आवमा ५५ लाख ८५ हजार रुपैयाँ आर्थिक सहायता पाएका छन्,’ उनले भने, ‘दुई जनाको मेडिकल फेल भएकाले ५० हजारका दरले  एक लाख रुपैयाँ प्राप्त गरेका छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .