ad ad

समाज


दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

नेपालखबर
असोज २३, २०७६ बिहिबार १३:२३,

पश्चिम नवलपरासीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना४३प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन्।

यस्तै खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको उपचारका क्रममा आज मृत्यु भएको हो।

उनको नवलपरासीको बर्दघाटस्थित शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .