ad ad

समाज


त्रिभुवन विमानस्थलका महाप्रवन्धक क्षेत्री हेडक्वाटर तानिए

त्रिभुवन विमानस्थलका महाप्रवन्धक क्षेत्री हेडक्वाटर तानिए

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ८:१५,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय महाप्रवन्धक राजकुमार क्षेत्री हेडक्वाटर तानिएका छन्।

 त्रिभुवन विमानस्थल सुधार गर्न नसकेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्षेत्रीलाई नागरिक उड्डयन प्राधिकरणको मुख्य कार्यालय बबरमहल तानेको हो।

 दशैँ र चिनियाँ राष्ट्रपति सी चिङपिङको भ्रमणको पूर्वसन्ध्या महाप्रवन्धक क्षेत्रीलाई हेडक्वाटर तानिनुलाई रहस्यमय रुपमा लिइएको छ। क्षेत्रीलाई हेडक्वाटर तानेपछि सुरेशमान सिंहलाई विमानस्थल कार्यालयको निमित्त महाप्रवन्धकको जिम्मेवारी दिइइको छ।

‘उहाँलाई हेडक्वाटर तानिएको हो’, प्राधिकरणका एक कर्मचारीले भने, ‘कारणबारे केही थाहा छैन।’

महाप्रवन्धकको जिम्मेवारी लिएको वर्षदिन भन्दा बढी हुँदा पनि विमानस्थलमा खासै सुधार गर्न नसकेपछि हेडक्वाटर उनीप्रति असन्तुष्ट थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .