ad ad

समाज


पुर्जाद्वारा १३ औँ हिमालको सफल आरोहण

पुर्जाद्वारा १३ औँ हिमालको सफल आरोहण

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ४:३६,

पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाले पाँच महिनाको समयमा ८ हजार मिटरमाथिका १३ औं हिमालको आरोहण गरेका छन्।

शुक्रबार बिहान मनास्लु हिमालको आरोहरण गर्दै उनी १ सय ५८ दिनभित्र १३ औ शिखरमा पुगेका हुन्।

सात महिनाभित्र ८ हजार मिटर अग्ला चौधवटै हिमालको आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा उनी छन्।

बेलायती सेनाका विशेष सुरक्षा फौजका पूर्व सदस्य रहेका पुर्जाले अर्को महिनामा चीनको तिब्बतमा पार्ने सिसापाङ्मा हिमाल आरोहण गर्ने योजना बनाएका छन्। पुर्जाले पाँच दिनअघि मात्रै चोयु हिमालका सिफलतापूर्वक आरोहण गरेका थिए।

सात महिनाभित्र १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउने उद्देश्य राखेका पुर्जा मिसन पोसिबल फोट्टिन सेभेन सञ्चालन गर्दै आएका छन्। शुरुमा पुर्जाले बैशाख १० गते अन्नपूर्ण हिमालबाट आरोहण शुरु गरेका हुन्।

उनले पहिलो चरणमा यसै वर्षको बसन्तु ऋतुमा अन्नपूर्ण, धौलागिरि, कञ्चनगंजा, सगरमाथा, ल्होप्से, मकालु हिमालका सफलतापूर्व आरोहण गरेका थिए।

दोस्रो चरणमा वर्षा ऋतुमा पाकिस्तानमा रहेका नागा पर्वत, गशेशद्रुम पहिलो, दोस्रो, के २, बोर्ड हिमालको आरोहण गरेका थिए। तेस्रो चरणमा चोयु, मनास्लु र सिस्पाङ्मा हिमालका आरोहण गर्ने उनको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .