डेंगू रोगका विरामीहरु बढ्न थालेपछि नर्भिक इन्टरनेशनल हस्पिटलले डेंगू रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ।
हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेंगू ज्वरोका विरामीहरु उपचाररत रहेका अस्पतालले जनाएको छ। विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता विरामीहरुका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो।
सो वार्डमा हाललाई सुविधासम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ। वार्डमा डेंगू हेल्प डेस्क र डेंगूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ।
सहुलियतपूर्ण दर÷रेटमा उपलब्ध हुने उक्त क्लिनिक÷वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेंगू परिक्षण किट समेत उपलब्ध हुने अस्पतालले जनाएको छ।
प्रतिक्रिया