ad ad

समाज


३३ गाई मरेको घटना अध्ययन गर्ने टोली दैलेख पुग्यो

३३ गाई मरेको घटना अध्ययन गर्ने टोली दैलेख पुग्यो

नेपालखबर
भदौ १८, २०७६ बुधबार ३:२९,

सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न गर्ने छानविन समिति सुर्खेत पुगेको छ।

मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको सात सदस्यीय छानविन टोली गठन गरेको थियो। टोलीले जिल्ला समन्वय समिति, नारायण नगरपालिका, शिरिस्थान मन्दिरलगायतका विभिन्न स्थानमा सोधपुछ गरेको टोलीका सदस्य वसन्त गौतमले जानकारी दिए।

नेपालगञ्जको काञ्जीहाउसमा रहेका गाई गोरु जिल्लाका विभिन्न स्थानमा वितरण गर्ने उद्देश्यले सुर्खेत लगिएको थियो।

कटुकामा झारेर चराउँदै किसानलाई बाँड्ने उद्देश्यले लगिएको भए पनि व्यवस्थापनको कमजोरीका कारण केही गाई गोरु गाडीभित्रै मरेका नेपालगञ्ज उपमहानगरपालिकाले स्वीकार गरेको छ।

उन्नत गाई तथा गोरु गाउँमा आउने र निःशुल्करुपमा किसानले चाहेका गाई गोरु हुलबाटै छानेर लिन पाइने भन्दै दैलेखका विभिन्न गाउँमा १५ दिनअघिदेखि हल्ला चलेको थियो।

जिल्ला समन्वय समितिले पनि जिल्लाका विभिन्न स्थान गाईपालनका लागि उपयुक्त भएकाले निःशुल्करूपमा किसानलाई गाई दिन सके आर्थिक अवस्था सुधार हुने भन्दै राम्रा र उन्नत गाई आउने अवस्था भए त्यसको सहजीकरण गर्ने तयारी थालेको बताएको छ।

समन्वय समितिले उन्नत गाई किसानलाई निःशुल्क दिन सकिने बारेमा स्थानीय तहसँग समन्वय गर्न तयारी गरेको थियो। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दैलेखकै भएका र यसअघि जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी भएर प्रभावकारी काम गरेकाले उहाँले दैलेखका किसानको हितका लागि काम गर्ने बारेमा मौखिक रुपमा धेरैसँग समन्वय भएको थियो।

राम्रो काम गर्ने उद्देश्य राख्दाराख्दै पनि प्राविधिकरूपमा केही त्रुटि भएकाले यसलाई अन्यथा नबुझ्न जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले अनुरोध गरे।

एकाएक गाई गोरु मरेको कुरा सार्वजनिक भएपछि स्थानीय सरकारले आफ्नो संलग्नता नभएको भन्दै विज्ञप्तिसमेत जारी गरिसकेका छन्। शिरिस्थान व्यवस्थापन समिति, भैरवी गाउँपालिका, नारायण नगरपालिकालगायतले विज्ञप्तिमार्फत आफूहरुको संलग्नता नभएको स्पष्ट पारिसकेका छन्।

यसअघि नेपालगञ्जबाट दैलेख पश्चिमका धेरै किसानले गाई र गोरु लगेको उपमहानगरपालिकाले जनाएको छ । किसानलाई सहजताका लागि गाउँमै उन्नत गाई–गोरु पु¥याउने र किसानले छानेर गाई–गोरु लिने व्यवस्था मिलाउन यसो गरिएको उक्त उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए।

बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट ल्याइएका २९१ गाई र गोरुमध्ये ३३ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका थिए।

विवाद चुलिएपछि सबै गाई पुनः नेपालगञ्ज फिर्ता पठाइएको छ। घटनाबारे अनुसन्धान गर्न सात जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .