ad ad

समाज


यी हुन् वीरगन्जमा प्रहरीद्वारा गोली हानेर समातिएका युवक

यी हुन् वीरगन्जमा प्रहरीद्वारा गोली हानेर समातिएका युवक

नेपालखबर
भदौ १८, २०७६ बुधबार ३:४९,

वीरगन्जमा डिउटीमा तैनाथ प्रहरीलाइ लक्षित गरि हतियार तेर्साउने कुख्यात अपराधी पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे छ। 

हातहतियारसहित मध्यराति वीरगन्ज गइरहेका बेला प्रहरीले वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १६, इनर्वाका सत्यराज योगीको उपनामले चिनिने अन्दाजी २६ वर्षीय सन्तोष दासलाई नियन्त्रणमा लिएको हो।

प्रहरी उपर नै हतियार प्रहार गर्न खाेजेपछि दासलाइ एक राउण्ड गाेली हानेर नियन्त्रणमा लिएकाे पर्सा प्रहरी प्रमुख एसपी साेमेन्द्र सिंह राठाैरले बताए। 

goli

वीरगन्ज वडा नम्बर १३ राधेमाई चोकस्थित चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा प्रहरीलाई पेस्तोल ताक्दै भाग्दै गर्दा प्रहरीले दासलाई गोली हानेको हो। उनको दाहिने घुँडामा गोली लागेको छ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीलाई दासले गोली प्रहार गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए।

दासको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको थापाले बताए। प्रहरीले दासका साथबाट खैराे हेराेइन एकसय ७० ग्राम समेत बरामद गरेकाे छ।  घाइते दासको प्रहरी निगरानीमा वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरी छुटेका फुल हसन अंसारी समूहका सदस्य हुन्।

उक्त समूहले वीरगन्जका सर्वसाधारण, उद्योगी/व्यपारीहरू तथा कारागार कार्यालयमा रहेका चौकीदार शेष भोला समेतलाई फोन धम्की दिई रकम माग्ने गरेको र वीरगन्ज नगरमा विभिन्न मिति तथा स्थानमा विस्फोटक पदार्थ पड्काई आतंक सिर्जना गरिरहेको छ।

यसै क्रममा पुनः भयत्रास फैलाउन उद्देश्यले सोही अपराधिक समूहका केही व्यक्ति हातहतियार गोलीगठ्ठासहित वीरगन्ज प्रवेश गर्दैछ भन्ने विशेष सूचनाका आधारमा मंगलबार राति प्रहरी टोलीले माथि उल्लिखित चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा उक्त समूहका सन्तोष दास पक्राउ परेका हुन्।

दास पनि यसअघि विभिन्न अपराधमा जेल सजाय भुक्तान गरिसकेको व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .