ad ad

समाज


प्रहरी र रवि लामिछाने समर्थकबीच चितवनमा झडप, डीएसपीसहित २३ घाइते

प्रहरी र रवि लामिछाने समर्थकबीच चितवनमा झडप, डीएसपीसहित २३ घाइते

नेपालखबर
भदौ ८, २०७६ आइतबार १४:११,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा भएको झडपमा डीएसपीसहित २३ जना घाइते भएका छन्।

झडपमा डीएसपी एकनारायण काेईराला सहित २३ बढी प्रहरी घाइते भएका प्रदेश ३ प्रहरीले जनाएकाे छ।

चितवन जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार ड्युटीमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीले एक्कासि ढुंगा प्रहार गरेपछि स्थिति तनाबपूर्ण भएको हो।

प्रदर्शनकारीले भरतपुरको चौबीस कोठीमा राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले खुलाउन प्रयास गर्नेक्रममा झडप भएको हो। रविका समर्थकहरुले राजमार्गमा चल्ने सवारी साधन समेत तोडफोड गरेका छन्।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले प्रदर्शनकारीले निषेधित क्षेत्र ताेड्न खाेजेपछि केही सेल अश्रु ग्यास प्रहार भएकाे बताए।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गको सो भाग अवरुद्ध बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।

‘अहिले अवस्था प्रहरीको नियन्त्रणमा आइसकेको छ’, एसपी मल्लले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .