टाइम्स अफ इन्डियाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच किर्गिस्तानको बिस्केकमा भेट भएको छ।
भेटका क्रममा उनीहरुबीच कुराकानी समेत भएको जनाइएको छ। समाचारका अनुसार दुवै नेताबीच लिडर्स लाउन्जमा सामान्य कुराकानी भएको थियो।
सो क्रममा इमरान खान पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीले मोदीलाई चिठ्ठी लेखेर भारत र पाकिस्तानबीच दुईपक्षीय वार्ता फेरि सुरु गरिनुपर्ने बताएका थिए।
खानले भारतीय आम चुनावको नतिजापछि मोदीलाई फोन गरेरै बधाइ दिएका थिए। त्यसबेला पनि खानले मोदीसँग शान्तिवार्ताको आह्वान गरेका थिए।
यद्यपी मोदीले आफ्नो सपथग्रहण कार्यक्रममा इमरान खानलाई निम्तो दिएका थिएनन्।
सन् २०१६ मा भारतको पठानकोट एयरबेसमा आक्रमण भएपछि भारत र पाकिस्तानबीच अहिलेसम्म दुईपक्षीय वार्ता भएको छैन।
झन यसै वर्षको फेब्रुअरी १४ मा पाकिस्तानस्थित जैस–ए–मोहम्मद आतंकवादी संस्थाले भारतमा आक्रमण गरेर ४० भन्दा भारतीय सेनाको हत्या गरेपछि भारत र पाकिस्तानको सम्बन्ध झन उत्कर्षमा पुगेको छ।
मोदी र खान साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन किर्गिस्तानको बिस्केक पुगेका थिए। एजेन्सी
प्रतिक्रिया