गएको २४ घण्टामा नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१६ हजार ९१३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
आज ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्।
यो अवधिमा ४१ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८१३ पुगेको छ।
काठमाडौं उपत्यकामा आज ४७६ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ जना रहेका छन्।
आजसम्म देशभर ६ लाख २६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ६४ हजार ८८२ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया