रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण सुरु भएको छ। गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर बनाउन थालेको हो।
१७ औँ शताब्दीमा राजा प्रताप मल्लले काठमाडौँको जमलस्थित निर्माण गरिएको रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो। भूकम्प गएको चार वर्ष बितिसक्दा बल्ल मन्दिर पुनःनिर्माणको काम शुरु गरिएको हो। मन्दिर पुरानैशैली (ग्रन्थकुट-शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो।
मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिए-तुलसी कन्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो। चुनासुर्कीको प्रयोग गरी मन्दिरको पर्खाल बनाउने काम भइरहेको छ। हाल मन्दिर पुनःनिर्माणका लागि दैनिक ३० देखि ३५ कामदारले काम गरिरहेका छन्।
इयुको आर्थिक सहयोगमा प्राधिकरणको सम्पदाविज्ञका रुपमा रहनुभएका राजु मानन्धरका अनुसार प्राधिकरणसँग सम्झौता भएको सात दिनपछि मन्दिर पुनःनिर्माणको काम सुरु भएको हो। पहिला काम गर्ने क्रममा राखिएको सिमेन्टको प्लास्टर भत्काउने, मन्दिरसम्म रहेको पुल भत्काउनेलगायतका काम भइरहेको छ।
गत साउन १४ गते मन्दिरमा क्षमापूजा गरेपछि मन्दिर भत्काउने कामको सुरु भएको हो। चन्द्र शमशेरका पालमा पुनःनिर्माण गर्दा गुम्बजशैलीमा निर्माण गएिको मन्दिर भत्काएर पुरानैशैलीमा निर्माण गरिनेछ। मन्दिरको उचाइ ५३ फिटको हुनेछ।
मन्दिरको विवाद के थियो?
भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको सुरुवात रानीपोखरीबाटै सुरु भएको थियो तर कंक्रिट प्रयोग भएपछि पुनःनिर्माणमा विवाद सिर्जना भएको थियो। बालागोपालेश्वर मन्दिर पुनःनिर्माणको लागि यो पटकसमेत गरी तीन पटक ठेक्का सम्झौता भइसकेको छ।
सुरुवाती चरणमा मन्दिर र पोखरी पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले पाएको थियो। महानगरले यसको पुनःनिर्माणका लागि पहिलो पटक ठेक्कासमेत दिएको थियो।
महानगरले मन्दिरमा प्राचीन निर्माण सामग्री प्रयोग नगरी सिधैँ सिमेन्ट, बालुवा, गिट्टी, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि सम्पदा विज्ञ, संरक्षण अभियन्तालगायतले विरोध गरेका थिए। विरोध गरेपछि पुरातत्व विभागले निर्माण रोक्न पत्रचार गरेको थियो।
विभागले प्राचीन निर्माण सामग्रीको प्रयोग गरी मन्दिर पुनःनिर्माण गर्नु भनेपछि महानगरले आफूसँग यसरी बनाउन सक्ने प्रविधि र जनशक्ति नभएको भन्दै हात झिकेको थियो। महानगरले हात झिकेपछि पुरातत्व विभागले नै निर्माणको जिम्मेवारी लियो। पुरातत्वले दोस्रो पटक ठेक्का सम्झौता ग¥यो। ठेकेदारले मन्दिर पुनःनिर्माणको काम शुरु गरेकै बेला महानगरले पनि पोखरी सौन्दर्यकरणको काम शुरु ग¥यो। पोखरीमा पुनः कंक्रिट हाल्न सरु भएपछि विरोध भयो।
पोखरी निर्माणमा विवाद आएपछि पोखरी र मन्दिरलाई कसरी बनाउने भनेर सुझाब दिन महानगरले विज्ञ टोलीसमेत बनाएको थियो। उक्त टोलीले मन्दिर पुरानै शैलीमा ९ग्रन्थकुट÷शिखर० बनाउनुपर्ने सुझाब दिएको थियो। महानगरले गठन गरेको विज्ञको सुझाब पुरातत्वले नमानेपछि पुनः विवाद सिर्जना भएको थियो।
लामो समय विवादका कारण पुनःनिर्माणको काम अघि नबढेपछि मन्त्रिपरिषद्को बैठककले रानीपोखरी र मन्दिर पुनःनिर्माण महानगर र पुरातत्ववाट जिम्मेवारी खोसेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जिम्मेवारी दियो।
मन्त्रिपरिषद्को निर्णय अनुसार गत वर्षको माघदेखि प्राधिकरणले पोखरी र मन्दिर दुवै निर्माणको जिम्मा लिएको हो। प्राधिकरणले रानीपोखरी निर्माण उपभोक्ता समितिलाई दिएको छ। बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने पुल र पोखरी वरपर बगैँचासमेत पुनःनिर्माणको काम ठेकेदारलाई दिएको हो।
सुरुवाती चरणमा पुरातत्वले मन्दिर पुनःनिर्माणको लागि मात्रै रु एक करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौतामा मन्दिरसम्म पुग्ने पुल थिएन। हाल प्राधिकरणले मन्दिर निर्माणका लागि रु १४ करोड २७ हजार ५५७ मा ठेक्का सम्झौता गरेको छ।
त्यस्तै महानगरले पोखरीको सौन्दर्यकरणसहित रु छ करोडमा ठेक्का सम्झौता दिएको थियो। हाल उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँधमा कालो माटो राख्ने र वरपरको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ। प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ। पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ।
रोकियो पोखरी मर्मतको काम
उपभोक्ता समितिबाट पोखरी मर्मतको काम भइरहे तापनि जनैपूर्णिमाबाट काम रोकिएको छ। गत वर्षको शिवरात्रि दिनदेखि पोखरी मर्मतको काम हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ।
भाइटीकाको दिनमा मर्मत सम्पन्न गर्ने योजनाअनुसार काम भए तापनि हाल आएर मर्मतको काम रोकिएको मानन्धरले जानकारी दिए। उनका अनुसार पोखरीमा हाल तीन फिट उचाइको पर्खाल लगाउने काम भइरहेको छ।
पोखरीमा जति मात्रामा काम हुनुपर्ने हो, त्यही मात्रामा भएको छैन । काम ढिला हुँदा उपभोक्ता समितिको खर्चमा मात्रै वृद्धि भएको छ। रासस
प्रतिक्रिया