नाडा अटो शोमा चिनियाँ ब्रान्ड डीएफएसके पनि आउने भएको छ। नेपाली बजारमा केही समयअघिमात्र आधिकारिक बिक्री सुरु भएको डीएसएफकेका एसयूभी र पिकअप अटो शोमा प्रदर्शनीमा राखिने भएको हो।
यसमा डबल क्याव पिकअप सेग्मेन्टमा रहेको गाडी लक्जरी रहेको कम्पनीले बताएको छ। कम्पनीले बिक्री वितरण गरिरहेको एसयूभी ग्लोरी ५८० एमटीको मूल्य ६२ लाख ८० हजार र ग्लोरी ५८० सीभीटीको मूल्य ६९ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ ।
युरो ४ मापदन्ड अनुसारको उक्त पिकअपको मूल्य ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ । नाडा अटो शोमा रिच पिकअपमा २ लाख, ग्लोरी ५८० सीभीटीमा ३ लाख र ग्लोरी ५८० एमटीमा २ लाख रुपैयाँ छुट प्रदान गरिने कम्पनीले बताएको छ।
प्रतिक्रिया