डीएफएसकेको लागि नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले मनसुन अफर सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी किन्न सक्नेछन्।
कम्पनीले बिक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आई अटोमा स्किम सञ्चालन गरेको हो।
ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउनपेमेन्ट गरेर गाडी किन्न सक्नेछन् भने आई अटो किन्न चाहनेले १५ लाख रुपैयाँ डाउन पेमेन्टबापत तिर्नुपर्ने हुन्छ।
कुजु नेपाल प्रालिले ग्लोरी ५६० मा ३ लाख नगद छुट, ५० हजार एक्सचेन्ज बोनस, एक वर्षको वार्षिक कर दिने घोषणा गरेको छ।
डीएफएसके आईअटोमा भने ग्राहकले ३ लाख ५० हजार नगद छुट पाउनेछन्।
यस्तो छ ग्लोरी ५६०
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ।
यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ।
यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक गेअर दिइएको छ। साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ।
ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो। यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ।
१७ इन्चको अलोय ह्विल, एयरब्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, ईबीडी, इन्जिन इमोबिलाइजर, अलार्म सिस्टम, स्पिड सेन्सिङ अटो लक, क्र्यास अटो अनलकजस्ता फिचर छन्।
ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ।
रिभाइज क्यामेरा, पुस स्टार्ट÷स्टप बटम, किलेस इन्ट्रीजस्ता विशेषता यसमा पाउन सकिने कम्पनीले जनाएको छ।
ग्लोरी ५६० को मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकिएको छ।
यस्तो छ ग्लोरी आई अटो
डीएफएसके ग्लोरी आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो।
यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ।
यसमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ। यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ।
यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, आगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने, आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ।
त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाइफाइ खोल्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ।
यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिनेछ।
१८ इन्चको अलोय ह्विल, अगाडि र पछाडि दुवैतर्फ एलईडी लाइट, दुईवटा एग्जस्ट पाइप, पानारोमिक सनरुफ तथा रुफ रेलले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ ।
ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरब्याग, चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ।
यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) ब्रेकिङ सिस्टम दिइएको छ।
जसमा एबीएस, ईबीडी तथा ईबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सक्छ।
ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ।
उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। यो एसयूभी अटोमेटिक गियरबक्स दिइएको छ।
ग्लोरी आई–अटो को मूल्य ८९ लाख ५० हजार रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया