ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनलबीच कर्जा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनलबीच कर्जा सम्झौता

नेपालखबर
भदौ ४, २०७६ बुधबार ११:४४,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भु नारायण महतोले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि हेफर इन्टरनेशनल नेपालको सिफारिसमा बाख्रपालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ। समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले कृषि उद्यमी गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताए। श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय २२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए।

हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले यो सम्झौता नेपालको गरिबी निवारणमा कोशेढुङ्गा सावित हुने बताउदै हेफर इन्टरनेशनल नेपालको सिफारिसबमोजिम लगानी भएको कर्जाको असुलीमा हेफरको पनि नैतिक दायित्व रहने बताए। उनले हेफरले हालसम्म नेपालमा ४१ जिल्लाका २ लाख ५० हजार गरिब तथा पिछडिएका परिवारलाई सहयोग गर्दै आईरहेको बताए।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक निना जोशी, डा.तीर्थराज रेग्मी, बित्त निर्देशक रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .