ad ad

समाज


वेलायती वाणिज्य दूतावासको कर्मचारी आफ्नो नियन्त्रणमा रहेको चीनको भनाइ

वेलायती वाणिज्य दूतावासको कर्मचारी आफ्नो नियन्त्रणमा रहेको चीनको भनाइ

नेपालखबर
भदौ ४, २०७६ बुधबार ११:४२,

बुधबार चिनियाँ विदेशमन्त्रालयले सेनजेनबाट हङकङस्थित वेलायती वाणिज्य दूतावासको व्यापारिक अधिकारीलाई पक्राउ गरेर आफूहरुले नियन्त्रणमा राखेको बताएको हो।

मन्त्रालयका प्रवक्ता गेङ स्वाङले व्यापारिक अधिकारी सिमोन चेङ म्यान–किटलाई आफूहरुले १५ दिनदेखि नियन्त्रणमा लिएको बताएका छन्।

कानुनको उल्लंघन गरेकाले सिमोनलाई पक्राउ गरिएको एससीएमपीले उल्लेख गरेको छ।

‘मेरो बुझाइमा सेनजेनका प्रहरीेले उनलाई सार्वजनिक सुरक्षा प्रबन्धन नियमहरु उल्लंघन गरेकाले पक्रउ गरेको हो।’

वेलायती दूतावासका कर्मचारी भएपनि सिमोन हङकङ र चिनियाँ नागरिक भएकाले उनलाई पक्राउ गर्नु आन्तरिक विषय भएको चीनले बताएको छ।

वेलायतले आफ्ना दूतावासको कर्मचारीलाई चीनले विनाकारण पक्राउ गरेको अरोप लगाएको थियो।

सन् २०१७ यता सिमोनले हङकङस्थिती वेलायती वाणिज्य दूतावासमा काम गर्दै आएका थिए।

हाल हङकङमा सरकार विरोधी प्रदर्शन भइरहेको छ। चीनले वेलायत, अमेरिका लगायतका पश्चिमा मूलुकले आन्दोलन चर्काउन मद्दत गरेको आरोप लगाउँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .