ad ad

समाज


करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

नेपालखबर
जेठ २६, २०७८ बुधबार ९:३९,

झापाको विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नांगो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो। घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .