ad ad

समाज


भारतमा ५४ दिनयताकै थोरै संक्रमण, संक्रमित दर ७ प्रतिशतमा झर्दा निको हुने दर ९३ प्रतिशत

भारतमा ५४ दिनयताकै थोरै संक्रमण, संक्रमित दर ७ प्रतिशतमा झर्दा निको हुने दर ९३ प्रतिशत

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ७:७,

मन्त्रालयका अनुसार कोरोना संक्रमितको यो संख्या ५४ दिनयताकै सबैभन्दा थोरै हो।

१ लाख २७ हजार संक्रमित थपिँदा सोही अवधिमा भारतमा २ लाख ५५ हजार २८७ कोरोनामुक्त भएको बताइएको छ।

मन्त्रालयका अनुसार कोरोनाको प्रभाव भारतमा यतिबेला निकै कम भएको छ।

यतिबेला भारतमा कोरोना संक्रमित हुने दर ६.६२ प्रतिशतमा झर्दा र कोरोनामुक्त हुनेको दर ९२.०९ प्रतिशत पुगेको छ।

पछिल्लो ८ दिनको तथ्यांकलाई हेर्दा कोरोनामुक्त हुनेको दर ९० प्रतिशतभन्दा माथि छ। साथै संक्रमित हुनेको दर १० प्रतिशतभन्दा कम छ।

हालसम्म भारतमा २ करोड ५९ लाख ४७ हजार कोरोनामुक्त भइसकेका छन्। ३ लाख ३१ हजार कोरोना संक्रमितको मृत्यु भएको भारतमा अहिले १८ लाख ९५ हजार सक्रिय संक्रमित छन्।

भारतमा हालसम्म भने २ करोड ८१ लाख ७५ हजारमा कोरोना पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .