बीबीसीका देशको उत्तर–पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर जनरल इब्राहिमको मृत्यु भएको हो।
सेनाले बयान जारी गर्दै खराब मौसममा विमान ल्यान्ड गर्ने प्रयास भएपछि सेना प्रमुख तथा चालक दलका सदस्यसमेत गरी ११ जनाको मृत्यु भएको जानकारी दिएको छ।
यो दुखदः घटनासँगै त्यहाँका राष्ट्रपति मुहम्मद बुहारीले सेना प्रमुखसँगै सबै मृतकप्रति समवेदना प्रकट गरेका छन्।
सेना प्रमुख इब्राहिम ५४ वर्षका थिए। एक दशकभन्दा बढी समयदेखि चलिरहेको जिहादी विद्रोहमा विद्रोहीसँग लड्न र सेनाको शक्ति बढाउन सरकारले उनलाइृ सेना प्रमुख बनाएको थियो।
प्रतिक्रिया