नेपाली कांग्रेसले राष्ट्रपतिको कमदविरुद्ध कनुनी र राजनीतिक लडाई लड्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि त्यसबारे निर्णय लिन बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त कदमविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालखबरलाई बताए।
'यो असंवैधानिक कदम हो। हामी राजनीतिक र कानुनीरुपमा यसविरुद्ध लड्छौं' उनले भने, 'अन्य दलहरुसँग साझा धारणा बनाएर अघि बढ्ने प्रयासमा छौं।'
दलहरुबीच साझा धारणा बनाउन आज ४ बजे सर्वदलीय बैठक बस्दैछ।
संसद भवनको लोह्त्से हलमा बस्ने सर्वदलीय बैठकले साझा धारणा बनाउने उनले बताए।
प्रतिक्रिया