ad ad

समाज


लमजुङमा ३ घण्टाभित्र ३ भूकम्प, ‘जाने क्रम जारी छ, सजग रहनू’

लमजुङमा ३ घण्टाभित्र ३ भूकम्प, ‘जाने क्रम जारी छ, सजग रहनू’

नेपालखबर
जेठ ५, २०७८ बुधबार ३:५१,

राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङमा भूकम्प (परकम्प) जाने क्रम जारी रहेकाले सजग रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छ।

केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेनदेखि ८ बजेर २६ मिनेटसम्म ४ म्याग्निच्युडभन्दा माथिका २ पल्ट र ४ म्याग्निच्युडको भूकम्प एकपल्ट गइसकेका छन्।

तीन पटककै भूकम्प लमजुङको भुलभुले भन्ने स्थानकै आपसाप केन्द्रबिन्दु भएर गएको उनले जानकारी दिए।

उनका अनुसार सुरुमा ५ बजेर ४२ मिनेटमा ५.८, त्यसपछि ८ बजेर १६ मिनेटमा ४ र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका भूकम्प गएका हुन्।

‘४ म्याग्निच्युडभन्दा मुनिका परकम्प अहिले पनि गइरहेका छन्, केही समय जाने क्रम जारी रहन सक्छ,’ नेपालखबरसँग उनले भने, ‘त्यसैले त्यस आसपासका बासिन्दाले सजगता अपनाउन जरुरी छ।’

४ म्याग्निच्युडभन्दा माथिको भूकम्प जाने सम्भावना छ कि छैन भन्ने प्रश्नमा भूकम्पविद् अधिकारीले भने, ‘हेर्नुस्, भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिलेसम्म बेनको छैन, गइसकेपछि मापन गर्ने मात्र हो, त्यसैले ठूलो भूकम्प जान सक्छ कि सक्दैन भनेर भन्न सकिने कुरा होइन।’

त्यसैले भूकम्पप्रति हामी सधैं सजग रहन जरुरी हुने उनले बताए।

उनका अनुसार अहिलेका धक्का २०७२ सालकै महाभूकम्पका परकम्प हुन्। आज लमजुङमा गएको मात्राको परकम्प यसअघि पनि गइसकको उनले बताए।

याे पनि :

लमजुङमा ३ घण्टा नबित्दै फेरि ५.३ म्याग्निच्युडको भूकम्प

लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्पः ३ जना घाइते, थुप्रै घर भत्किए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .