ad ad

समाज


नवलपरासीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४९ घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४९ घाइते

नेपालखबर
जेठ ५, २०७८ बुधबार ३:४९,

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिकामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य ४९ जना घाइते भएका प्रहरीले जनाएको छ।

आज बिहान करिब साढे पाँच बजे बर्दघाट नगरपालिका- ४ स्थित दाउन्ने सडकखण्डको बाँस खोलामा ना ५ ख २७१३ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट डेढ सय मिटर तल खसेको लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख डम्बर विकले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दुर्घटनामा परेको बस काठमाडौंबाट रुकुम पश्चिम जाँदै थियो। बसमा ५८ जना सवार थिए। बसमा सवार पाँच जना भने सकुशल रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने रुकुम पश्चिमको त्रिवेणीकी २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका घर भएका ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ। बाँकी दुई जनाको सनाखत हुन बाँकी छ।

दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल लगिएको छ भने सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .