तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडाकी एक महिला घरभित्रै मृत फेला परेकी छन्। २७ वर्षीया मनुमाया थापा आफ्नै घरको कोठामा मृत फेला परेकी प्रहरीले जनाएको छ।
उनका श्रीमान् रोजगारीका लागि भारतमा रहेका स्थानीयले बताएका छन्। उनीहरुले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ‘घटनाको अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँछ,’ उनले भने। रासस
प्रतिक्रिया