लमजुङमा आज बिहान ३ घण्टा नबित्दै फेरि भूकम्प गएको छ।
बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको लमजुङमै फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार दुवै भूकम्प लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर गएका हुन्।
भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंमा समेत महसुस गरिएको छ।
यसअघि : लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्पः ३ जना घाइते, थुप्रै घर भत्किए
प्रतिक्रिया