पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४५ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ जनाको परीक्षण गर्दा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो।
आज ६ हजार ६४८ जना कोरोना मुक्त भएका छन्।
यस्तै, काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ।
आज देशभर १ लाख १० हजार ३६३ जना सक्रिय संक्रमित देखिएका छन्।
प्रतिक्रिया