कोरोनाबाट गण्डकीमा थप १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ जना पोखराकै छन्। यतिबेला पोखरामा संक्रमण ह्वात्तै बढेको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा १७ का ७३ वर्षीय पुरुष, पोखरा ७ का ४५ वर्षीय महिला र पोखरा १७ का ४४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा निधन भएको हो।
यता, पोखरा ८ का ५० वर्षीय पुरुष, पोखरा १५ का ६५ वर्षीय पुरुष र पोखरा १७ का ३० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा १२ का ७८ वर्षीय पुरुषको फिस्टेल अस्पताल र पोखरा २२ का ६९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
दाङको लालमटिया १ का ८० वर्षीय पुरुषको मणिपालमा, म्याग्दीको बेनी ५ का ४० वर्षीय पुरुषको बेनी अस्पतालमै र बागलुङको ढोरपाटन नगरपालिका ९ का ५७ वर्षीय पुरुष, गलकोट २ का ५२ वर्षीय पुरुष र गलकोट ३ का ६४ वर्षीय पुरुष तथा बागलुङ नगरपालिका ४ का ७७ वर्षीय पुरुषको धौलागिरी अस्पतालमै निधन भएको छ।
स्वास्थ्य निर्देशनालयले १४ जनाको निधन भएको बताए पनि संख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ।
गण्डकीमा हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३१ पुगिसकेको छ। तीमध्ये ६ हजार ८६८ जना होम आइसोलेसनमा छन्। बिहीबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५०६ जनालाई संक्रमण पुष्टि भएको छ।
१ हजार ३ जनामा परीक्षण गर्दा आधामा संक्रमण देखिएको हो। संक्रमितमध्ये २१० जना पोखराकै मात्र छन्। अस्पतालका बेडहरु भरिएका छन्। लेखनाथमा भएको संक्रामक रोग अस्पतालको ५२ वटा बेड नै बिरामीले भरिएको कार्यकारी प्रमुख डाक्टर विकास गौचनले बताए।
Shares
प्रतिक्रिया