ad ad

राजनीति


माधव नेपाल भन्छन् : राजीनामा टर्‍याे

माधव नेपाल भन्छन् : राजीनामा टर्‍याे

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १२:३१,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरुले सांसद पदबाट दिने भनिएको राजीनामा टरेको बताएका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

‘राजीनामा दिने कुरा भएन, मिल्ने आधारमा कुरा भएको छ। सबै कुरा सहमतिको आधारमा अघि बढ्छ,’ माधवकुमार नेपालले भने ।

बैठक फेरि बस्ने सहमति भएको उनले बताए । तत्काल राजीनामा दिने कुरा भएन, उनले भने।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट पुर्नजीवित गर्ने र त्यसपछिका गतिविधिहरु पार्टीभित्रको सहमतिको आधारमा गर्ने सहमति भएको नेता नेपालले बताए।

सोहिअनुसार छलफलाई निरन्तरता दिने कुरा भएको उनले जानकारी दिए।

‘कुरा जारी छ, विभिन्न तहमा छलफल गर्ने दिशामा अघि बढेको छ,’ नेता नेपालले बैठकपछि भने।

यो पनिः

नेता नेपालको भनाइ उनकै शब्दमाः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .