कञ्चनपुरमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।
महाकाली अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले पुष्टि गरे।
मृत्यु हुनेमा जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१८ कटानका ३६ वर्षीया महिला रहेका छन्।
भारतबाट आएका दोधारा–चाँदनी–१ का संक्रमित र ब्लड क्यान्सर पीडित समेत रहेका भीमदत्त–१९ का संक्रमितको बुधवार राति उपचारका क्रममा मृत्यु भएको हो।
भीमदत्त–१८ कटानका संक्रमितको बिहीवार बिहान मृत्यु भएको फोकल पर्सन रोकायाले बताए।
प्रतिक्रिया