ad ad

समाज


महासंघले भन्यो : कोरोनाको बहानामा पत्रकारको श्रम शोषण नगर्नू

महासंघले भन्यो : कोरोनाको बहानामा पत्रकारको श्रम शोषण नगर्नू

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १२:४५,

नेपाल पत्रकार महासंघले कोरोना संक्रमण बढिरहेको सन्दर्भमा यसैलाई बहाना बनाएर श्रमजीवीको श्रमशोषण नगर्न सञ्चारगृहहरुलाई सचेत गराएको छ।

मंगलबार महासंघले विज्ञप्ति प्रकाशित गरी ‘अग्रपंत्तिमा काम गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा घरबाटै काम गर्ने वातावरण बनाउन सञ्चार गृहलाई’ आग्रह गरेको छ।

साथै, कोरोना संक्रमणले उत्पन्न गराएको अवस्थाको बहाना बनाई श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको बाँकी बक्यौता रकम तत्काल भुक्तानी दिन महासंघले आग्रह गरेको छ। अन्यथा महासंघ कानुनी लगायतका सबै प्रकारका संघर्षमा जान बाध्य हुने प्रष्ट पारिएको छ।

‘संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्ने सम्बन्धमा महासंघ सञ्चार गृहको व्यवहारिक प्रतिवद्धताको अपेक्षासमेत गरेको छ’ महासंघले भनेको छ, ‘साथै, महासंघ कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दछ।’

कोरोना सक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ।

यस्तै, अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियतका व्यवस्थाका साथै सूचना प्रवाहको दायित्व पूरा गरिरहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन पनि महासंघले सरकारसँग माग गरेको छ।

महासंघले यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .